Skip to content
Janadisha Logo
२६ जेष्ठ २०८३, मंगलवार

जनपत्रकार शहीद महेश पहारीको १९ औँ स्मृति दिवस मनाइयो

भिजिटर संख्या लोड हुदैछ...

पोखरा,१९ असोज। जनपत्रकार शहीद महेश पहारीको १९ औँ स्मृति दिवस हिजो साँझ दीप प्रज्वलन गरी मनाइएको छ। प्रेस सेन्टर कास्कीको आयोजनामा पोखरा–७ शहीदपार्कमा आयोजित कार्यक्रममा उहाँको तस्बिरमा माल्यार्पण गरिएको हो।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) गण्डकीका सहइन्चार्ज हरिराज अधिकारी, केन्द्रीय सदस्य एवं कास्कीका इन्चार्ज रामजी प्रसाद बराल, केन्द्रीय सदस्यहरू दीपक कोइराला, तेजकुमारी पौडेल, शहीद पत्नी दुर्गा पहारी, प्रेस सेन्टरका अग्रज विश्वप्रकाश लामिछाने लगायत पत्रकारहरू तथा पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
पोखराबाट प्रकाशित हुने तत्कालीन स्वाभिमान साप्ताहिकमा आवद्ध पहारीलाई माओवादीको अभियोगमा विसं २०६० मा सुरक्षाकर्मीले कास्कीको ल्वाङघलेलबाट गिरफ्तार गरी कारागार चलान गरेका थिए। विसं २०६२ मा असोज १८ गते उहाँको निधन भएको थियो।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्