Skip to content
Janadisha Logo
३ बैशाख २०८३, बिहीबार

अमेरिकामा हेलेन आँधीको त्रासदी: मृतकको संख्या २१० पुग्यो, नर्थ क्यारोलिना सबैभन्दा बढी प्रभावित

भिजिटर संख्या लोड हुदैछ...

अमेरिका,१९ असोज। अमेरिकामा हालै आएको हेलेन आँधीले भयानक विनाश निम्त्याएको छ। आँधीका कारण मृत्यु हुनेको संख्या २१० पुगेको पुष्टि भएको छ। नर्थ क्यारोलिना राज्य सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ मृत्यु हुनेहरु मध्यको आधाभन्दा बढी मानिसको ज्यान गएको छ।
हेलेन आँधीलाई सन् २००५ मा आएको विनाशकारी क्याट्रिना आँधीपछिको सबैभन्दा घातक आँधीको रूपमा लिइएको छ। सन् २००५ मा क्याट्रिना आँधीले एक हजार आठ सयभन्दा बढीको ज्यान लिएको थियो।
आँधी आएको एक हप्ता बितिसक्दा पनि प्रभावित क्षेत्रमा सयौं मानिस हराइरहेका छन्। करिब आठ लाख घर अझै पनि विद्युतविहीन छन्। उद्धारकर्ताहरूले हराइरहेकाहरूको खोजी कार्य जारी राखेका छन्।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्