Skip to content
Janadisha Logo
२६ जेष्ठ २०८३, मंगलवार

इन्चार्ज रामजी बरालको नेतृत्वमा पार्टी कार्यालय चम्कियो

भिजिटर संख्या लोड हुदैछ...

पोखरा,२२ असोज। नेकपा माओवादी केन्द्र कास्की जिल्ला इन्चार्ज रामजीप्रसाद बरालको नेतृत्वमा पार्टी कार्यालय सफाई अभियान सम्पन्न भएको छ। दशैंको अवसरमा पार्टी कार्यालयलाई व्यवस्थित र सफा बनाउने उद्देश्यले आयोजित यस अभियानमा नेता तथा कार्यकर्ताको व्यापक सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै इन्चार्ज बरालले पार्टी कार्यालय व्यवस्थित बनाउने कामको सुरुवात भएको बताउनुभयो। उहाँले भन्नुभयो, “पार्टी कार्यालय हाम्रो दोस्रो घर हो। यसलाई सफा र व्यवस्थित राख्नु हाम्रो दायित्व हो। यस अभियानले पार्टीभित्र नयाँ जागरण ल्याउनेछ।”
अभियानमा सहभागी युवा नेता कार्यकर्ताहरूले पार्टी कार्यालयको सरसफाई गर्नुका साथै आवश्यक मर्मत सम्भारको काम पनि गरेका थिए। उनीहरूले पार्टी कार्यालयलाई अझै व्यवस्थित र आकर्षक बनाउनका लागि विभिन्न सुझावहरू पनि दिएका थिए।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्