Skip to content
Janadisha Logo
१० असार २०८३, बुधबार

हेटौँडा-काठमाडौं सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

भिजिटर संख्या लोड हुदैछ...

मकवानपुर, २७ असोज। हेटौँडाबाट काठमाडौँ जाने प्रमुख सडकमध्ये एक, हेटौँडा-कुलेखानी-काठमाडौं सडकखण्ड बिग्रिएको छ। इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडकमा क्षति पुगेकाले सवारी आवागमनमा अवरोध उत्पन्न भएको छ।
कुलेखानी सिमखोला नजिकको उकालोमा सडक जीर्ण भएकाले साना सवारी साधनलाई आवतजावत गर्न कठिनाइ भएको छ। यसले गर्दा यात्रुहरूलाई निकै असुविधा भएको छ।
इलाका प्रहरी कार्यालय भीमफेदीले यात्रुहरूलाई हेटौँडाबाट काठमाडौँ जाँदा कान्ति लोकपथ र त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरेको छ।
यस सडकखण्डको मर्मत कार्य तीव्र गतिमा भइरहेको भए पनि यात्रुहरूलाई सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्