Skip to content
Janadisha Logo
२६ जेष्ठ २०८३, मंगलवार

बन्दीपुरमा पर्यटकको घुइँचो

भिजिटर संख्या लोड हुदैछ...

तनहुँ, असोज २७ गते । पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ। दसैंको अवसरमा स्वदेशी तथा विदेशी पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ।
बन्दीपुर पर्यटन विकास समितिका अनुसार थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल, विन्ध्यवासिनी मन्दिर लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरूमा पर्यटकको भीड लागेको छ। समितिले पर्यटकीय स्थलहरूको सूची अंग्रेजी, चिनियाँ, जापानी लगायतका विभिन्न भाषामा तयार पारेकोले विदेशी पर्यटकलाई पनि बन्दीपुर आकर्षक लागेको हो।
विशेषगरी चिनियाँ पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। बन्दीपुरको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र शान्त वातावरणले पर्यटकलाई लोभ्याएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्