Skip to content
Janadisha Logo
९ भाद्र २०८३, मंगलवार

पालुङटार नगरपालिकाको बजेट संकट, कृषिमा आत्मनिर्भरताको लक्ष्य

भिजिटर संख्या लोड हुदैछ...

गोरखा २७ असोज। पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले नगरपालिकाको बजेट संकटग्रस्त रहेको बताएका छन्। सङ्घ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकम नआउँदा विकास निर्माणका काममा बाधा पुगेको उनको भनाइ छ। चिन्तनले बजेटलाई ‘गरिबीको खास्टो’सँग तुलना गर्दै खुट्टातिर तान्दा टाउको तिर छैन, टाउको तिर तान्दा खुट्टा तिर छैन जस्तो भएको बताएका छन्।
यद्यपि, नगरपालिकाले कृषि क्षेत्रको विकासमा जोड दिइरहेको छ। दुध र मासुमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ काम भइरहेको छ।मासुमा  करिब आत्मनिर्भर नै बनिसकेेको छ। महिलाहरूको सञ्जालमार्फत उत्पादित कृषि उपजलाई कोल्ड स्टोरमा राखेर बेमौसममा बिक्री गर्ने योजना पनि छ।
भौतिक पूर्वाधारको विकासमा पनि ध्यान दिइएको छ। नगरपालिकाले ५ किलोमिटर सडक कालोपत्रे गरिसकेको छ भने आगामी वर्ष थप ३ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ।नगरपालिकाको सौन्दर्यकरणमा वशेष ध्यान दिएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्