Skip to content
Janadisha Logo
४ माघ २०८२, आईतवार

पोखरामा सवारी दुर्घटना, तीन घाइते

भिजिटर संख्या लोड हुदैछ...

पोखरा, १ कात्तिक। पोखरा–म्याग्दी सडक खण्डको बडहरेमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार पोखराबाट म्याग्दीतर्फ जाँदै गरेको बसमा यात्रु चढाउने क्रममा पछाडिबाट आएको टिप्परले ठक्कर दिएको हो। दुर्घटनामा परी म्याग्दी धौलागिरी गाउँपालिका–५ का ८४ वर्षीय हर्कलाल छन्त्याल गम्भीर घाइते भएका छन्। उनीको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, टिप्पर चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ का ३१ वर्षीय मनोज कटुवाल र नुवाकोटका २८ वर्षीय बुद्ध घले पनि घाइते भएका छन्। उनीहरूको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्