Skip to content
Janadisha Logo
१० भाद्र २०८३, बुधबार

सत्तारुढ दलमा तरंग! रबि पक्राउ पछि ढगमगायो सरकार

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौ,५ कार्तिक। रवि लामिछानेको गिरफ्तार पछि सत्ता समीकरणले नयाँ मोड लिएको छ। यसको प्रत्यक्ष असर नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा देखिएको छ। हिजो मध्यरातसम्म बालुवाटारमा चलेको उच्चस्तरीय बैठकले यसको पुष्टि गर्दछ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्ना विश्वासपात्र नेताहरू परराष्ट्रमन्त्री आरजु राणा र महामन्त्री गगन थापालाई साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।
बालुवाटार बैठकमा एमालेका तर्फबाट प्रधानमन्त्री ओलीसहित अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहभागी भएका थिए। यस बैठकमा समसामयिक राजनीतिक परिस्थिति र सरकारका नीति तथा कार्यक्रमबारे गहन छलफल भएको बताइएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्