Skip to content
Janadisha Logo
९ भाद्र २०८३, मंगलवार

मार्क्सवादी अध्ययन श्रोत केन्द्र पोखराद्वारा विशेष अन्तर्क्रियात्मक गोष्ठी आयोजना गरिंदै

भिजिटर संख्या लोड हुदैछ...

पोखरा, ३० कार्तिक। मार्क्सवादी अभ्ययन श्रोत केन्द्र पोखराको २३ कार्तिकमा बसेको पूर्ण बैठकको निर्णयअनुसार आगामी पौष १३ गते पोखरामा विशेष अन्तर्क्रियात्मक गोष्ठी आयोजना हुने भएको छ।
“आजको नेपाली कम्युनिस्ट आन्दोलन: समस्या र समाधान” भन्ने विषयमा केन्द्रित हुने यस गोष्ठीमा गण्डकी प्रदेशमा कार्यरत विभिन्न कम्युनिस्ट पार्टी (समुह)का प्रदेशस्तरीय प्रतिनिधिहरूलाई विशेष वक्ताको रूपमा निमन्त्रणा गरिनेछ। आयोजक समितिले बहसलाई विषय केन्द्रित बनाउन प्रश्नात्मक ढाँचाको अवधारणा प्रस्तुत गर्ने जनाएको छ।
नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ आयाम
नेपाली राजनीतिक आन्दोलनमा सक्रिय विभिन्न कम्युनिस्ट समूहहरूलाई एकै थलोमा ल्याएर गरिने यस अन्तर्क्रियाले सामूहिक समस्या पहिचान गर्न, तिनको समाधानका लागि एकताबद्ध प्रयास गर्न र मार्क्सवादी दृष्टिकोणको आधारमा सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।
माओ, लेनिन र पुष्पलालको स्मरण
माओको १३२ औँ जन्मदिवसको सन्दर्भमा आयोजित यस कार्यक्रममा लेनिन स्मृतिको शताब्दी वर्ष र कमरेड पुष्पलालको जन्म शताब्दीलाई समेत स्मरण गरी चर्चा गरिनेछ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्