Skip to content
Janadisha Logo
३१ असार २०८३, बुधबार

नेकपा (माओवादी केन्द्र) शहिद लखन गाउँ पार्टीको विस्तारित बैठक सम्पन्न

भिजिटर संख्या लोड हुदैछ...

गोरखा, ९ मंसिर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शहिद लखन गाउँ पार्टीको विस्तारित बैठक आज सम्पन्न भएको छ। पार्टीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज अमर तमु (क.रमन)को प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रदेश कमिटी सदस्यहरू कृष्ण बहादुर प्रजा, रमेशकुमार श्रेष्ठ, प्रदेश सल्लाहकार देवराज खनाल, प्रदेश परिषद सदस्य हितमान सुर्खेतिलगायतको उपस्थिति रहेको थियो।
बैठकले यही मंसिर २६ गते पार्टीको पालिका सम्मेलन भव्य रूपमा गर्ने निर्णय गरेको छ। सम्मेलनसँगै समसामयिक राजनीतिक विषयमा छलफल गरी अन्य महत्वपूर्ण निर्णयहरू पनि गरिएको बताइएको छ।
पालिका पार्टी अध्यक्ष रमेशबाबु थापाको अध्यक्षता र सचिव कृष्णबाबु श्रेष्ठको सञ्चालनमा भएको बैठकमा पार्टीका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्