Skip to content
Janadisha Logo
५ बैशाख २०८३, शनिबार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कास्कीमा नयाँ नेतृत्व चयन,सर्वसम्मतिले क.विनय थापालाई सचिवको जिम्मेवारी प्रदान

भिजिटर संख्या लोड हुदैछ...

कास्की, १५ मंसिर। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कास्की जिल्ला समन्वय समितिको आठौँ पूर्ण बैठकले पार्टीको जिल्ला संगठनमा नयाँ नेतृत्व चयन गरेको छ। बैठकले सर्वसम्मतिले क. विनय थापालाई सचिवको जिम्मेवारी तोकेको छ।
यसैगरी, गण्डकी प्रदेश पार्टी कार्यालयको निर्णयअनुसार क. विश्वप्रकाश लामिछानेलाई कास्की जिल्लाको संयोजकको जिम्मेवारी दिइएको छ।

साथै, पार्टी केन्द्रको निर्णयले रामजीप्रसाद वराललाई कास्की इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ।
नवनियुक्त पदाधिकारीहरूलाई बधाई दिँदै पार्टी कार्यकर्ताहरूले उनीहरूको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्। नयाँ नेतृत्वले पार्टीलाई थप सशक्त बनाउने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्