Skip to content
Janadisha Logo
१५ भाद्र २०८३, सोमबार

प्रचण्ड झापा जाँदै, ओली सरकारको भ्रष्टाचारविरुद्ध खबरदारी

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं, पौष १५ गते।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज झापा जाने भएका छन्। गौरीगञ्जमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्न उनी झापा जाँदै छन्।
नेकपा माओवादी केन्द्रले केपी ओली सरकार भ्रष्टाचारमा डुबेको र आफ्नालाई काखा पाखा गरिरहेको आरोप लगाउँदै देशव्यापी रूपमा खबरदारी सभाको आयोजना गरिरहेको छ। शनिबार महेन्द्रनगर पुगेका प्रचण्ड ओलीको गृह जिल्ला झापामा पुगेर ओली सरकारको विरोध गर्ने भएका हुन्। प्रचण्डले सम्बोधन गर्ने उक्त खबरदारी सभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको जनाइएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्