Skip to content
Janadisha Logo
३२ असार २०८३, बिहीबार

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुई जना काठमाडौंबाट पक्राउ

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं,असार ५ गते। वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने दुई व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–७ मा बसोबास गर्दै आएका १९ वर्षीय दर्शन खड्का र गोरखा स्थायी घर भई तारकेश्वर नगरपालिका–३ मा बस्ने ३७ वर्षीय सरेश गुरुङ छन्।

दर्शन खड्काले इटली पठाइदिन्छु भन्दै तीन जना व्यक्तिबाट ६ लाख रुपैयाँ लिएको आरोप छ भने गुरुङले अजरबैजान लैजाने भन्दै दुई जनाबाट ४ लाख रुपैयाँ असुलेका थिए। रकम लिएपछि उनीहरू विदेश नपठाई लामो समयसम्म सम्पर्कविहीन बनेका थिए।

पीडितहरूले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिएका छन्।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्