Skip to content
Janadisha Logo
३ बैशाख २०८३, बिहीबार

लिपुलेक अतिक्रमणविरुद्ध पोखरामा पाँच दलको संयुक्त विरोध प्रदर्शन हुने

भिजिटर संख्या लोड हुदैछ...

पोखरा, ६ भाद्र। लिपुलेकलाई व्यावसायिक नाका बनाएर भारतीय र चिनियाँ पक्षले हस्तक्षेपकारी षड्यन्त्र अघि बढाउने गरेको दुष्प्रयासविरुद्ध पाँच दलले संयुक्त रूपमा कडा विरोध प्रदर्शन गर्ने भएका छन्।

राष्ट्रिय स्वाधीनता र भू-सम्प्रभुताको रक्षा गर्ने उद्देश्यसहित भदौ ७ गते पोखराको पृथ्वीचोकमा बिशाल विरोध प्रदर्शन आयोजना हुन लागेको हो।

यस ऐतिहासिक प्रदर्शनको नेतृत्व क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्की,नेकपा (मसाल) कास्की, नेपाल कम्युनिष्ट पार्टी कास्की, राष्ट्रिय जनमोर्चा कास्की र नेपाल समाजवादी पार्टी कास्कीले संयुक्त रूपमा गर्नेछन्।

यसै सन्दर्भमा दलहरूले विज्ञप्ति जारी गर्दै भनेका छन्,

“लिपुलेकलाई व्यापारिक नाका बनाएर नेपालमाथि अतिक्रमण गर्ने जुन रणनीति भारतीय र चिनियाँ पक्षबाट अघि बढाइएको छ, त्यो नेपालको सार्वभौमिकता माथिको खुला चुनौती हो। यसविरुद्ध अब सडकमै प्रतिरोध अपरिहार्य छ।”

आयोजकहरूले आम सर्वसाधारण, राजनीतिक दल, सामाजिक अभियन्ता, बुद्धिजीवी र युवा–विद्यार्थीहरूलाई पोखरा पृथ्वीचोकमा उपस्थित भई राष्ट्रिय सम्मान र अधिकारका लागि बुलन्द आवाज उठाउन आह्वान गरेका छन्।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य नारायण अधिकारीले देशभक्त,बामपन्थी, क्रान्तिकारी जनसमुदायलाई बिरोध पर्दर्शनमा सडकमा आउन आह्वान गरिएको बताए

यस विरोध प्रदर्शनलाई पोखराका बुद्धिजीबि,ठुला प्रमुख राजनीतिक र सामाजिक वृत्तले निकै महत्वका साथ हेरिरहेको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्