Skip to content
Janadisha Logo
२५ मंसिर २०८२, बिहीबार

जनताको विश्वास नेकपातर्फ बढ्दैछ, आगामी चुनावमा पहिलो दल बन्नेछौं: अनन्त

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आफ्नो पार्टी आगामी निर्वाचनपछि देशको सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।

निर्वाचन आयोगको परिसरमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पुनले आगामी प्रतिनिधिसभा निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने तयारी भइरहेको जानकारी दिए।

उनले भने, ‘हामी यस पटक जेन जेड का माग र जनताको चाहना सम्बोधन गर्दै अघि बढ्नेछौं । नयाँ पुस्ता र युवाहरूको विश्वास जित्दै सबैभन्दा धेरै सिट जित्ने गरी तयारी गरिरहेका छौं । हामी नै देशको सबैभन्दा ठूलो पार्टी बन्नेछौं ।’

जनार्दन शर्मा र घनश्याम भुसालबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा नेता पुनले ती नेताहरूलाई ‘घुम्तीका स्टेशनहरूमा चढ्ने यात्रु’ भनेर तुलना गर्दै उनीहरू अन्ततः कम्युनिस्ट आन्दोलनको मूलधारमा फर्किने विश्वास व्यक्त गरे ।

‘रेल छुटेको हो, तर विभिन्न स्टेशनहरूमा रोकेर नयाँ यात्रु चढाउँदै जाने हो । अर्को स्टेशनमा उहाँहरू आउनुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ पुनले भने ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्