Skip to content
Janadisha Logo
२५ मंसिर २०८२, बिहीबार

पूर्वमन्त्री शिवकुमार मण्डलले छाडे जनार्दनको साथ, नेपाली कम्युनिष्ट पार्टीमा सामेल

कोशीमा जनार्दन समुहको छिन्नभिन्न

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं । पूर्वमन्त्री शिवकुमार मण्डलले जनार्दन शर्माको ‘प्रगतिशील राष्ट्रिय अभियान’ छाडेर नेपाली कम्युनिष्ट पार्टीमा सामेल भएका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वको माओवादी केन्द्रसहित ११ वाम घटक एकीकृत भएर बनेको यो पार्टीमा माधव नेपाल सहसंयोजक छन् र निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइसकिएको छ।

मण्डलले आन्तरिक विवादभन्दा पार्टी एकताको आवश्यकता औंल्याउँदै जनार्दनका विचार जायज भए पनि अहिले सबै एउटै मोर्चामा उभिनुपर्ने बताए। कोसी प्रदेशमा जनार्दन समूहका अधिकांश सदस्य (विराटनगर महानगर समिति सहित) र हर्क नेम्बाङ ‘मिक्सो’ जस्ता नेताहरू पनि प्रचण्ड पक्षमा लागेका छन्। यसले जनार्दन समूह कोसीमा थप कमजोर भएको छ; सुदन किराँतीबाहेक अन्य प्रमुख नेता छुटेका छन्।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्