Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका युवराज शर्माले गरे उम्मेदवारी दर्ता

भिजिटर संख्या लोड हुदैछ...

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।

यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् ।

भोलि मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा निर्वाचन हुनेछ । सत्ता गठबन्धनको सहज बहुमत भएकाले दाहाल आफ्नो जितप्रति ढुक्क देखिएका छन् । कांग्रेस उम्मेदवार शर्माले भने लोकतन्त्रमा कसैको हार वा जित नहुने प्रतिक्रिया दिएका छन् ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्