Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

इजरायलीको आक्रमणमा लेबनानमा ४९२ को मृत्यु

भिजिटर संख्या लोड हुदैछ...

बेरुत,९असोज। इजरायलले लेबनानमा सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरेर गरेको हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो । मृत्यु हुनेमा ३५ जना बालबालिका र ५८ जना महिला समेत रहेको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

यी आक्रमणहरूमा अरू १ हजार ६४५ जना घाइते भएका छन् । इजरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरेको बताइएको छ ।

आक्रमणमा परेर हजारौँ परिवार आफ्नो घर छाड्न बाध्य भएका छन् । इजरायली सेनाका अनुसार हिजबुल्लाहले उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको थियो । यसमा दुई जना घाइते भएका छन् ।

इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरूबिचको यो द्वन्द्वलाई ध्यानमा राख्दै धेरै देशहरूले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् । यो द्वन्द्व ठुलो युद्धमा परिणत हुने हो कि भनेर विश्वभरका नेताहरू चिन्तित छन् ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्