Skip to content
Janadisha Logo
१७ फाल्गुन २०८२, आईतवार

क्षितिजले आफूले बोकेको मुद्दा किनारा नलाग्दासम्म अध्यक्षको उम्मेदवारी नदिने

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं, ११ असोज।  अखिल (क्रान्तिकारी) का उपाध्यक्ष क्षितिज सापकोटाले आफ्नो उमेरका कारण विद्यार्थी संगठनको अध्यक्ष नबन्ने घोषणा गरेका छन्। उनले एक सार्वजनिक वक्तव्यमा उमेर हदबन्दीको पक्षमा आफ्नो स्पष्ट धारणा रहेको र यस विषयमा संगठनको आन्तरिक बैठकमा पनि कुरा उठाइसकेको जानकारी गराएका छन्।

सापकोटाले “सहमतिको नाममा टिके प्रथा” लाई अस्वीकार गर्दै क्रियटिभ आन्दोलनलाई प्रोत्साहन गर्ने विचार व्यक्त गरे। साथै, आफू उपाध्यक्ष दोहोर्याउने वा महासचिवको उम्मेदवारी दिने कुनै सम्भावना नरहेको र अन्तिमसम्म आफ्नो धारणा अनुसार लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले संगठनको पेरिस डाँडामा भएको पदाधिकारी बैठकमा उमेरहदबन्दीको पक्षमा प्रष्ट धारणा राखेको र संगठनले विधान सम्मेलनमार्फत यसको निर्णय लिने कुरा अध्यक्ष प्रचण्डले पनि बैठकमा सम्बोधन गरेको बताए। सापकोटाले आफूले बोकेको मुद्दा किनारा नलाग्दासम्म अध्यक्षको उम्मेदवारी नदिने निर्णयमा रहेको बताएका छन्।

सापकोटाले भने, “मेरो धारणा विपरित आम प्रतिनिधिले निर्णय गरेमा म संगठनको अध्यक्ष बनेर यो आन्दोलनको विरासतलाई नयाँ दिशामा लैजाने प्रतिबद्ध छु।”

 

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्