Skip to content
Janadisha Logo
९ भाद्र २०८३, मंगलवार

बागमती नदीले खतराको तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन आग्रह

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं,१२ असोज।  बागमती नदीको जलसतह खतराको तह पार गरेको छ। खोकना जलमापन केन्द्रमा नदीको पानी ४ मिटरको खतरास्तरभन्दा बढेर ५ मिटर नजिक पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

बाढी अझै बढ्ने क्रममा रहेकोले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई  उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कुलेखानीको ड्याम खुल्ने सम्भावना भएकाले तल्लो क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरेको छ।

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्