Skip to content
Janadisha Logo
२९ आश्विन २०८३, बिहीबार

निरन्तर वर्षाले कोशी ब्यारेजका सबै ढोका खोलियो

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं,१२ असोज। निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह खतराको तहमा पुगेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन्।सुनसरी जिल्ला प्रशासन कार्यालयका अनुसार आज बिहान ७ बजे नदीमा प्रतिसेकेन्ड ३ लाख ८१ हजार आठ सय ४० क्युसेक पानी बगिरहेको थियो भने बिहान ८ बजे यो बढेर ४ लाख १८ हजार दुई सय ८५ पुगेको छ। नदीको जलस्तर निरन्तर बढिरहेकाले कोशी ब्यारेजमा जोखिमको संकेत देखिएको छ।
सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको सतह खतराको तह नाघिसकेको छ। यसले उदयपुर र सुनसरीका तटीय क्षेत्रमा बाढीको जोखिम बढाएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। प्रशासनले सम्भावित क्षति न्यूनीकरण गर्न आवश्यक तयारी गरिरहेको जनाएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्