Skip to content
Janadisha Logo
१८ फाल्गुन २०८२, सोमबार

नख्खु खोलाले बगाएका ४ जनालाई चणिकलालले गरे उद्धार

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं,१२ असोज। काभ्रेका चणिकलाल तामाङले नख्खु खोलाले बगाएका ४ जनालाई आफ्नो अदम्य साहसले उद्धार गरेका छन्। गृहमन्त्रीले उद्धार सम्भव नहुने बताएका बेला चणिकलालले आफ्नो जीवन जोखिममा राखेर यो असाधारण काम गरेका हुन्।
काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका चणिकलाल पेन्टर हुन्। शनिबार वर्षाका कारण काम रोकिएपछि उनी बाढी हेर्न गएका थिए। त्यहीँ उनले नख्खु खोलाले बगाएका ४ जनालाई देखे र उद्धारका लागि खोलामा हाम फाले। बगेको ठाउँबाट करिब तीन सय मिटर तलबाट उनीहरुलाई निकालेपछि चणिकलालले भुइँमा सुताई पालैपालो पेटमा थिचेर बाढीमा खाएको पानी निकाल्न सफल भएका थिए।
दशैंको मुखमा पेन्टिङको कामको चाप बढे पनि चणिकलालले यसरी मानवीय सेवा गरेका छन्। उनको यो साहसिक कदमले सबैलाई प्रभावित पारेको छ। उनले भने, “सबै खोलामा बाढी हेर्न जाने खराब पनि हुँदैनन् भन्ने एक उदाहरण मैले दिएको छु।”

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्