Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

वाइ यु के कन्स्ट्रक्सनको विपत्तिमा निःशुल्क डोजर र एस्काभेटर सेवा

भिजिटर संख्या लोड हुदैछ...

पोखरा, ११ असोज। पोखरा महानगरपालिकामा बाढी, पहिरो जस्ता प्राकृतिक विपत्ति आइपरेको अवस्थामा वायु के कन्स्ट्रक्सनले निःशुल्क डोजर तथा एस्काभेटर सेवा उपलब्ध गराउने भएको छ।
यस कम्पनीले विपद्को बेला प्रभावित क्षेत्रका नागरिकहरूलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको हो। वायु के कन्स्ट्रक्सनका प्रतिनिधिले भने, “प्राकृतिक प्रकोपको बेला प्रभावित क्षेत्रका नागरिकलाई सहयोग पुर्‍याउन हामी सधैं तत्पर रहन्छौँ।”
कसरी लिने सेवा?
यदि तपाईं पोखरा महानगरपालिकाभित्र कुनै पनि प्राकृतिक विपत्तिमा परेर डोजर वा एस्काभेटरको आवश्यकता महसुस गर्नुहुन्छ भने तुरुन्तै वाइ यु के कन्स्ट्रक्सनका संस्थापक युवराज खतिवडाको यो नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ: ९८५६०२९११३।
वाइ यु के कन्स्ट्रक्सनबारे
वायु के कन्स्ट्रक्सन पोखरामा स्थापित एक प्रतिष्ठित निर्माण कम्पनी हो। कम्पनीले विभिन्न प्रकारका निर्माण कार्यहरू गर्दै आएको छ। यस कम्पनीले सामाजिक उत्तरदायित्व बोध गर्दै विपद्को समयमा सहयोगी हात बढाएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्