Skip to content
Janadisha Logo
९ भाद्र २०८३, मंगलवार

अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं,१२ असोज। तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो, र डुबानले नेपालमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। हालसम्म ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता छन्। सशस्त्र प्रहरी बल नेपालका अनुसार साँझ ५ बजेसम्म देशभर ३५ जना घाइते भएका छन्।

सशस्त्र प्रहरीका प्रवक्ता कुमार न्यौपानेले उपत्यकामा मात्र ३४ जनाको मृत्यु भएको जानकारी दिए। काठमाडौँमा ११, भक्तपुरमा ५, र ललितपुरमा १८ जनाको ज्यान गएको छ।

उपत्यका बाहिर पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, र दोलखामा ३ जनाको मृत्यु भएको छ।

७९ जना बेपत्ता भएको र २ हजारभन्दा बढीको उद्धार गरिएको छ। दुई सयभन्दा बढी घरहरूमा क्षति पुगेको छ। नेपाल प्रहरीका सहप्रवक्ता विश्व अधिकारीका अनुसार उद्धारकार्यमा १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्