Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

डीपी ढकालको पुस्तक ‘समाजवादी क्रान्तिका दुई चरण’ को पोखरामा सफल परिचर्चा

भिजिटर संख्या लोड हुदैछ...

पोखरा, १२ असोज। मार्क्सवादी अध्ययन स्रोत केन्द्र, पोखराको आयोजनामा डीपी ढकालद्वारा लिखित पुस्तक ‘समाजवादी क्रान्तिका दुई चरण’ को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पुस्तकमा उठाइएका विषयवस्तुमाथि विस्तृत छलफल भएको थियो।
प्रमुख विवेचनाकर्ता पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रश्वर कोइरालाले पुस्तकमा पुँजीवाद र समाजवादका बीचको द्वन्द्व र नेपालको सन्दर्भमा समाजवादी क्रान्ति पूरा गर्नका लागि गरिनुपर्ने थप संघर्षका विषयलाई उजागर गरेका छन्। उनले पुस्तकमा उठाइएका विषयवस्तु अत्यन्तै प्रासंगिक रहेको बताए।
वाम बुद्धिजीवी लोकबहादुर थापाले पुस्तकले नेपालको वर्तमान राजनीतिक अवस्थालाई ऐतिहासिक तथा अन्तर्राष्ट्रिय सन्दर्भमा विश्लेषण गरेको बताए। विशेष गरी, ल्याटिन अमेरिकाको अर्थतन्त्र र समाजवादी क्रान्तिका प्रयासहरूबारे पुस्तकमा गरिएको चर्चा निकै रोचक रहेको उनको भनाइ छ।
कार्यक्रममा माओवादी नेता हरिराज अधिकारी, शैलेन्द्र घिमिरे, नारायण अधिकारी निश्चल, पोखरा विश्वविद्यालयका प्राध्यापक रविन्द्र घिमिरे, प्रेस सेण्टर नेपालका केन्द्रीय लेखा आयोगका सचिब अमृतराज उपाध्याय, विपीन आचार्य, वावुराम पन्थी, चुनबहादुर राना ‘स्ट्रगल’, भिम रानाभाट, साहित्यकार कल्पना चिलवाल र पत्रकार राधी कँडेल लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता एबम स्वागत मनतब्य झलकपाणी तिवारीले गरेका थिए भने सञ्चालन दुर्गा भण्डारीले गरेका थिए।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्