Skip to content
Janadisha Logo
१५ मंसिर २०८२, सोमबार

प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान, बाढीपहिरोबारे छलफल हुने

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं, १३ असोज।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षाका कारण देशभर उत्पन्न बाढीपहिरोको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ।
बैठक आज बिहान १० बजे नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ। यस बैठकमा प्रमुख राजनीतिक दलका नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ।
देशका विभिन्न भागमा आएको बाढीपहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ। यस विषम परिस्थितिमा प्रभावकारी उद्धार तथा राहतका लागि सबै दलहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै प्रचण्डले यो बैठक आह्वान गर्नुभएको हो।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्