Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

साहित्यकार बखत बहादुर शाहीको उपन्यास ‘भ्या’ लोकार्पण

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं,१३असोज। साहित्यकार बखत बहादुर शाहीद्वारा लिखित सामाजिक उपन्यास ‘भ्या’ शनिबार काठमाडौंको संवाद डबलीमा भव्य समारोहबीच लोकार्पण गरिएको छ। कर्णालीको धर्म, संस्कार र समाजमा आधारित यस उपन्यासले कर्णाली प्रदेशको वास्तविकता र संस्कृतिलाई उजागर गरेको छ।

कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, सभासद रिता शाही, सांसद प्रतिमा गौतम, समिक्षक राजकुमार बानिया, सुमन वर्षा, र संकर तिवारीजस्ता विशिष्ट व्यक्तिहरूले पुस्तकको लोकार्पण गरे।

मुख्यमन्त्री जीवन शाहीले उपन्यासले कर्णालीको ऐतिहासिक र सांस्कृतिक धनी पक्षलाई चित्रण गरेको बताए। समिक्षक राजकुमार बानियाले उपन्यासलाई गैर-आख्यान जस्तै प्रमाणित गर्दै हुम्ला र कर्णालीको समाजलाई गहिरो रुपमा बुझ्न सघाउने कृति भएको बताए।

समिक्षक सुमन वर्षाले उपन्यासले कर्णाली र हुम्लाका महिलाहरूको जीवनको यथार्थता चित्रण गरेको र यसमा सकारात्मक र नकारात्मक दुवै पक्ष समावेश भएको जनाइन्।

लेखक बखत बहादुर शाहीले पुरानो धर्म र संस्कारले समाजलाई नैतिकवान बनाउने कुरामा जोड दिँदै कर्णालीवासी अन्य क्षेत्रका मानिसभन्दा नैतिकवान हुने उल्लेख गरे।

शिखा बुक्सले प्रकाशित गरेको ‘भ्या’ को मूल्य ५२५ रुपैयाँ रहेको छ। कार्यक्रमको सञ्चालन मोतिराज बमले गरेका थिए।

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्