संविधान संशोधन
माओवादी केन्द्र
#हेटौँडा #काठमाडौं #सडकअवरुद्ध #वैकल्पिकमार्ग #मकवानपुर
#हिक्मतकुमार कार्की
#स्वास्थ्य बिमा
#सुधिर

“सरकारको उदासीनता र विपद् व्यवस्थापनमा कमजोरीप्रति किसान महासंघको कडा आलोचना”

काठमाडौं,१४ असोज। देशका विभिन्न ठाउँमा जनधनको ठुलो क्षति भएको भीषण बाढीपछि प्रभावित क्षेत्रको अवस्था भयावह बन्दै गएको भन्दै नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल  किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले सरकारको उदासीनता र विपद् व्यवस्थापनमा देखिएको कमजोरीको चर्को आलोचना गरेको छ।
महासंघले जारी गरेको विज्ञप्तिमा कार्यवाहक प्रधानमन्त्री र रक्षामन्त्रीको अनुपस्थिति, गृहमन्त्रीको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति र सरकारको ढिलासुस्तीप्रति गम्भीर आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “विपद्को यस्तो घडीमा सरकारका उच्च पदस्थ व्यक्तिहरूले भद्दा मजाक गरेर समय बिताउनु र प्रभावित जनताको पीडामाथि नुनचुक छर्किनु दुःखद हो।”

__________ बिज्ञापन____________


महासंघले सरकारलाई तत्काल प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पार्न, राहत वितरणलाई प्रभावकारी बनाउन र क्षतिपूर्ति दिने व्यवस्था मिलाउन जोडदार माग गरेको छ। साथै, महासंघले भविष्यमा यस्ता विपत्तिबाट बच्न आवश्यक पूर्वतयारी गर्न र पर्यावरणमैत्री विकासको मोडेल अपनाउन सरकारसँग आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

भारत–चीन व्यापारिक समझदारीबारे समाजवादी मोर्चाको आपत्ति, सीमा विषयमा सरकारलाई कूटनीतिक पहलको आग्रह

लिपुलेक अतिक्रमणविरुद्ध पोखरामा पाँच दलको संयुक्त विरोध प्रदर्शन हुने

इतिहासको छाँयामा बर्तमानको स्वागत : जे एस धिताल

नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण गाउँ समितिको बैठक सम्पन्न

नेपालको युगान्तकारी परिवर्तनमा प्रचण्डको योगदान

लेनिनवादी संगठनात्मक पद्धति : समाजवादी क्रान्तिको अनुशासित मार्गचित्र

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

प्रचण्डमाथिको प्रहार पार्टीमाथिको प्रहार हो:वर्षमान पुन `अनन्त´