Skip to content
Janadisha Logo
११ असार २०८३, बिहीबार

माओवादी नेतृ राधिका कुमालको निधनमा श्रद्धाञ्जली

भिजिटर संख्या लोड हुदैछ...

गोरखा, १४ असोज। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखा नगरपालिका समितिका सदस्य कमरेड राधिका कुमालको निधन भएको पाँचौं दिनमा आज श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
पार्टीको आयोजनामा भएको यस कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सह इन्चार्ज कमरेड हरिराज अधिकारी कुमारको विशेष उपस्थिति रहेको थियो।
स्वर्गीय कुमालको निधनले पार्टी र समग्र गोरखा जिल्लालाई अपूरणीय क्षति पुगेको भन्दै शोक सभामा सहभागीहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन्। कुमाल पार्टीका निष्ठावान कार्यकर्ताको रुपमा परिचित थिइन्। उनको निधनले पार्टीमा शोक छाएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्