Skip to content
Janadisha Logo
१८ फाल्गुन २०८२, सोमबार

अध्यक्ष प्रचण्डद्वारा विपद् व्यवस्थापनमा सरकारको कमजोरी औँल्याउँदै राहत तथा पुनर्निर्माणमा जुट्न आह्वान

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौँ, १५ असोज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशमा आएको प्राकृतिक विपत्तिका कारण भएको क्षतिको विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको विपद् व्यवस्थापनमा देखिएको कमजोरीप्रति प्रश्न उठाएका छन्।
काठमाडौँको बल्खुमा माओवादी केन्द्रले आयोजना गरेको राहत तथा पुनर्स्थापना अभियानको उद्घाटन गर्दै प्रचण्डले भने, “मौसम पूर्वानुमान हुँदाहुँदै पनि सरकारले प्रभावकारी विपद् व्यवस्थापन गर्न नसकेकोले क्षति बढेको छ।” उनले यस्तो प्राकृतिक विपत्तिको बेलामा सबै राजनीतिक दल र नागरिक समाज एकजुट भएर पीडितको उद्धार र पुनर्स्थापनामा लाग्नुपर्नेमा जोड दिए।
प्रचण्डले २०७२ सालको भूकम्पको बेलामा पनि आफूले प्रतिपक्षी दलको नेताका रूपमा संविधान निर्माण र पुनर्निर्माणमा नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्दै अहिले पनि जनताको पीडामा साथ दिन तयार रहेको बताए।
बल्खुको जागरण टोलमा करिब ४१७ घरधुरीका चार हजारभन्दा बढी नागरिक विस्थापित भएका छन्। उनीहरूलाई तत्काल राहत र पुनर्स्थापनाका लागि माओवादी केन्द्रले अभियान नै सञ्चालन गरेको हो।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्