Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

लागू औषध बिक्रीमा संलग्न फार्मेसी संचालक पक्राउ

भिजिटर संख्या लोड हुदैछ...

पोखरा,१६असोज। पोखरा महानगरपालिका वडा नं. ७ स्थित शुभेक्षा फार्मेसीबाट लागू औषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले फार्मेसी संचालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको टोलीले २०८१ असोज १५ गते फार्मेसीमा छापा मार्दा ११५ चक्की Tapentadol Hydrochloride 50 mg नामक लागू औषध बरामद गरेको हो।

प्रहरीले थप अनुसन्धान गर्दै संचालक मित्रलाल शर्माको घर (पोखरा वडा नं. १७, पावरहाउस) मा पनि खानतलासी गर्दा थप ४५,०७० चक्की लागू औषध फेला पारेको छ। यससँगै कुल ४५,१८५ चक्की लागू औषध बरामद भएको छ। फार्मेसी संचालक शर्मालाई लागू औषध मुद्दामा १५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्