Skip to content
Janadisha Logo
३० आश्विन २०८३, शुक्रबार

कास्की माओवादीको इन्चार्जमा रामजीको निरन्तरता

भिजिटर संख्या लोड हुदैछ...

पोखरा, १६असोज। नेकपा माओवादी केन्द्रको कास्की जिल्ला इन्चार्जमा रामजीप्रसाद बराल जीबनले निरन्तरता पाएका छन् । पार्टीभित्र देखिएको इन्चार्ज पदका लागि चलेको आन्तरिक विवाद केन्द्रीय कार्यालयमा पुगेको थियो।आज सो बिबादलाई अन्त्य गर्दै अध्यक्ष प्रचण्डले बराललाई पुनः यो जिम्मेवारी तोकेका हुन् ।
माओवादी केन्द्रको विभिन्न तहमा रही पार्टीको सेवा गर्दै आएका बराल यसअघि कास्की निर्वाचन क्षेत्र नं. ३ को इन्चार्ज थिए । केन्द्रीय सदस्यसमेत रहेका बराललाई पार्टीले कास्की जिल्ला इन्चार्जको जिम्मेवारी दिएसँगै काश्की जिल्ला पार्टी भित्रको बिबाद रुपान्तरण सहित एकता हुने अपेक्षा गरिएको छ ।

जिम्मेवारी पाए पश्चात बरालले कास्कीमा पार्टीलाई सुदृढ बनाउने, कर्ताकर्तालाई एकताबद्ध गर्ने र गुट उपगुटको सदाको लागि अन्त्य गर्ने बताएका छन् । उनले आफ्नो कार्यकालमा पार्टीलाई जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्