Skip to content
Janadisha Logo
२७ फाल्गुन २०८२, बुधबार

अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौँ, १७ असोज। माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी (अखिल क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन उमेर सीमाको विवाद र नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि स्थगित गरिएको छ। दसैँ पर्व नजिकिँदै गर्दा सम्मेलनलाई पछि सारिएको बताइएको छ।
संगठनभित्र उमेर सीमाका विषयमा मतभेद बढेपछि र धेरै आकांक्षीहरूको दबाबका कारण नेतृत्व चयन प्रक्रियामा गतिरोध सिर्जना भएको हो। सम्मेलनमा सहभागी एक विद्यार्थी नेता दिब्या उपाध्यायले भनिन, “हाम्रो संगठनलाई कमजोर बनाउने मनसायले उमेरको विषयलाई उछालिएको हो। यसमा पार्टी भित्र अध्यक्षको नेतृत्वलाई कमजोर बनाउने नियत प्रष्ट छ।”
नेतृत्व चयनको प्रयास भए पनि, सहमतिमा पुग्न नसकेपछि चुनावमा जानुपर्ने दबाब थियो। तर, अन्ततः उमेर सीमा र आन्तरिक विवादका कारण सम्मेलन स्थगित भयो।
सम्मेलन स्थगित गर्नुअघि माओवादी अध्यक्ष प्रचण्डले खुमलटारमा विद्यार्थी नेताहरूसँग छलफल गरेका थिए र उनीहरूलाई निर्वाचन आयोगलाई औपचारिक जानकारी गराउन निर्देशन दिएका थिए।
उपाध्यायले भनिन, “सम्मेलनबाट नयाँ नेतृत्व आउने आशामा सहभागी भए पनि अन्तिम समयमा पुरानो नेतृत्वको नयाँलाई बुझ्ने सबालमा पुरानै रबैया कायम हुनाले सम्मेलन स्थगित भएको हो।”
यो विवादले पार्टीभित्रको एकतालाई कसरी असर पार्न सक्छ र भावी नेतृत्वमा कस्तो असर पार्न सक्छ भन्ने प्रश्न उठेको छ। यसले नेपालको विद्यार्थी राजनीतिमा पनि नयाँ बहसको थालनी गरेको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्