Skip to content
Janadisha Logo
३१ असार २०८३, बुधबार

यात्रु ठग्ने हाइसका चालक र सहचालक पक्राउ

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं,१८ असोज। प्रहरीले काठमाडौंबाट तनहुँ, लमजुङ र पोखरा जाने यात्रुहरूसँग मनपरी भाडा असुल्ने ६ वटा हाइसका चालक र सहचालकलाई पक्राउ गरेको छ।
पीडित यात्रुहरूको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यात्रुहरूले तोकिएको भाडाभन्दा दोब्बर रकम असुलेको गुनासो गरेका थिए।
पोखराको लागि तोकिएको भाडा रु.७५० रहेकोमा उनीहरूले यात्रुबाट रु.१५०० सम्म असुलेको पाइएको छ।
प्रहरीले पक्राउ परेका चालक र सहचालकविरुद्ध आवश्यक कारबाही अघि बढाएको जनाएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्