Skip to content
Janadisha Logo
५ बैशाख २०८३, शनिबार

नेकपा माओवादी केन्द्र कास्की इन्चार्ज रामजी बरालको अपिल: समाजवादी गणतन्त्रको यात्रामा एकजुट हुन आह्वान

भिजिटर संख्या लोड हुदैछ...

पोखरा, २० असोज। नेकपा माओवादी केन्द्रका कास्की जिल्ला इन्चार्ज रामजी बरालले कास्केली जनतालाई समाजवादी गणतन्त्र स्थापनाको महाअभियानमा एकजुट हुन आह्वान गरेका छन्।
केन्द्रीय कार्यलयबाट कास्की जिल्ला इन्चार्जको जिम्मेवारी प्राप्त गरेपछि जारी गरेको विज्ञप्तिमा बरालले अध्यक्ष प्रचण्ड लगायत पार्टी नेतृत्वलाई धन्यवाद दिँदै सबै शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।
विज्ञप्तिमा उनले जनयुद्धको समयमा जिल्लाबासीहरूले गरेको योगदानको स्मरण गर्दै हाल सक्रिय नहुनुभएका वा फरक धारमा रहेका सबैलाई पार्टीमा फर्किएर जननायक प्रचण्डको नेतृत्वमा समाजवादी गणतन्त्र स्थापनाको अभियानमा साथ दिन आह्वान गरेका छन्।
बरालले सिमा र समस्या समाधानका लागि रचनात्मक बन्न सबैलाई आग्रह गर्दै इतिहासका निर्माता जनता नै भएको उल्लेख गरेका छन्।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्