जापान,२२असोज। प्रेस सेन्टर नेपाल जापान शाखाका उपाध्यक्ष उत्तम पण्डितले जापानको चिबास्थित याचियोदाईमा नयाँ व्यावसायिक यात्रा सुरु गर्नुभएको छ। उहाँले स्टार रेष्टुरेन्ट एण्ड बार र स्टार स्पाईसी मार्ट सञ्चालनमा ल्याउनुभएको हो।
नेपाली समुदायको बाक्लो बसोबास रहेको याचियोदाईमा यी दुवै व्यवसायले नेपालीहरूलाई स्वादिष्ट नेपाली खाना र दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने अपेक्षा गरिएको छ। लामो समयदेखि जापानमा व्यवसाय गर्दै आउनुभएका पण्डितको यस नयाँ प्रयासलाई विभिन्न क्षेत्रबाट शुभकामना दिइएको छ।