Skip to content
Janadisha Logo
१ माघ २०८२, बिहीबार

पत्रकारमाथिको आक्रमणप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं,२४ असोज। प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य भोटराज राईद्वारा सञ्चालित पूर्णपुष्टि मिडियाकाे क्यामेरा खोस्दै राैता स्प्रिङ वाटर प्रा.लि. माेतिगडा गाईघाटका सञ्चालक पर्शुराम चौधरीसहितले क्यामरा तोडफोड गरी पत्रकारमाथि हातपात तथा मोबाइल कब्जा गरेको घटनाप्रति प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ।

हिजो २०८१ असोज २३ गते बुधबार, राैता स्प्रिङ वाटर प्रा.लि.द्वारा उत्पादित सिल प्याक जारमा कुखुराको प्वाँख फेला परेको उपभोक्ता सुचनापछि सो विषयमा रिपोर्टिङ गर्न पुगेका पूर्णपुष्टि मिडियाका पत्रकारद्वय विक्रम राई र सुनिल राईमाथि कम्पनीका सञ्चालकहरूले आक्रमण गरेका छन्। घटना क्रममा उनीहरूले पत्रकारहरूको क्यामेरा भुइँमा बजारेर ध्वस्त बनाएका थिए।

पत्रकारहरूले पानीको गुणस्तरमा गम्भीर त्रुटि देखिएकाले प्रमाण संकलन गर्न र कम्पनीको धारणा लिन प्रयास गर्दा उनीहरूलाई आक्रमण गरिएको हो। यो घटना मिडिया जगतप्रति आक्रमण र अपमान भएको प्रेस सेन्टर नेपालले ठहर गरेको छ। यस घटनाले पत्रकार र सञ्चारजगतको अधिकारमाथि गम्भीर धावा बोलेको, स्वतन्त्र प्रेस र मानवअधिकारको उल्लंघन गरेको बताइन्छ।

प्रेस सेन्टर नेपालले पत्रकार विक्रम राई र सुनिल राईमाथि भएको आक्रमण र क्यामरा तोडफोडको घटनाप्रति गहिरो खेद प्रकट गर्दै, आक्रमणकारीहरूलाई कानुनअनुसार कडा कारवाही गर्न र पीडित पत्रकार तथा सञ्चार संस्थालाई उचित क्षतिपूर्ति दिन जोडदार माग गर्दछ। साथै, जनस्वास्थ्यमा खेलबाड गर्ने राैता स्प्रिङ वाटर प्रा.लि.माथि छानबिन गरी कडा कारवाही गर्न र पत्रकारलाई निर्वाध रूपमा काम गर्न दिन प्रशासन तथा सरोकारवालासँग प्रेस सेन्टर नेपाल, केन्द्रीय समितिका महासचिव सन्तोष पौडेलद्वारा जारी प्रेस बिज्ञप्तीमा भनिएको छ।

 

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्