Skip to content
Janadisha Logo
१ माघ २०८२, बिहीबार

तनहुँमा प्रहरी हवल्दारको मोटरसाइकल दुर्घटनामा निधन

भिजिटर संख्या लोड हुदैछ...

तनहुँ,२९ असोज। तनहुँको आँबुखैरेनीमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर नहर्कीको सोमबार बिहान मोटरसाइकल दुर्घटनामा निधन भएको छ।
गोरखा घर भएका नहर्की आफ्नो कार्यस्थल जाँदै गर्दा आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा एक इभी भ्यानसँग ठक्कर खाएका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनाको कारण र अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। दुर्घटनामा संलग्न भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्