Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

छठ पर्वको अवसरमा प्रचण्डको शुभकामना सन्देश

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं, २२ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा नेपाली जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ ।
एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले छठ पर्वले प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । उहाँले यस पर्वले नेपालको विविधतालाई एकताबद्ध बनाउँदै राष्ट्रलाई सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रचण्डले भन्नुभएको छ, “मानव जीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारहरूको खुसीयाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आराधना गरी छठ पर्वको परम्परा सुरुवात भएको मानिन्छ । छठ पर्व प्रकृति र मानव जीवनबीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित छ । यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्दछ । नेपालका विविध संस्कृति र पर्वहरु क्रमशः सम्पूर्ण नेपालीका साझा संस्कृति र परम्परा बन्दै गएका छन् । छठ पर्व पनि सम्पूर्ण नेपालीहरुकै आम पर्वको रुपमा मनाउन थालिएको छ ।”

सूर्यलाई आराधना गर्दै भक्त

अध्यक्ष प्रचण्डले छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्