Skip to content
Janadisha Logo
१७ फाल्गुन २०८२, आईतवार

माओवादी केन्द्रका तीन नगर समितिले सदस्यता नवीकरण र सम्मेलन गर्ने

भिजिटर संख्या लोड हुदैछ...

तनहुँ, ८ मंसिर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का शुक्लागण्डकी, भानु र भिमाद नगर समितिहरूको पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले जिल्ला समन्वय समितिको निर्देशनअनुसार पार्टीको सदस्यता नवीकरण गर्ने र वडा तथा पालिका स्तरमा खबरदारी सभा सहितको सम्मेलन गर्ने निर्णय गरेको छ।
बैठकमा पार्टीको आगामी रणनीति, संगठन विस्तार तथा सदस्यता अभियानलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो। पार्टीका स्थानीय नेता कार्यकर्ताहरूले आफ्नो क्षेत्रमा पार्टीलाई थप बलियो बनाउनका लागि विभिन्न सुझावहरू दिएका थिए।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्