Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

केपी ओलीको सरकार भ्रष्ट र असंवैधानिक छ: प्रचण्ड

भिजिटर संख्या लोड हुदैछ...

पोखरा,माघ ११ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारलाई अवैध करार गर्दै यसले लामो समय टिक्न नसक्ने दाबी गरेका छन्। बाँकेको खजुरा गाउँपालिकाको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई बिहीबार सम्बोधन गर्दै उनले सरकारप्रति कडा आलोचना गरेका हुन्।

दाहालले कांग्रेस र एमालेजस्ता “भ्रष्टाचारी” पार्टीहरूसँग अब कुनै पनि प्रकारको गठबन्धन नगर्ने स्पष्ट पारे। उनले आफ्नो नेतृत्वमा २० महिना सञ्चालन भएको सरकारले मुलुकमा सुशासनको युग सुरु गरेको स्मरण गर्दै माओवादीलाई पुनः सशक्त बनाउन जनतासँग समर्थन मागे।

उनले भने, “अहिले ३२ सिट हुँदा पनि हामीले भ्रष्टाचारविरुद्ध सशक्त रूपमा लडिरहेका छौँ। २०६४ को जस्तै २०८४ मा पनि बहुमत प्राप्त भए भ्रष्टाचारको जरोकिलो उखेल्नेछौँ।”

दाहालले माओवादी केन्द्र आफ्नै सिद्धान्त र एजेन्डामा दृढ रहने र भ्रष्टाचारीहरूसँग कुनै पनि समीकरण नगर्ने अडान राखे। साथै, उनले देशलाई पुनः न्याय, समृद्धि र सुशासनको बाटोमा अघि बढाउन माओवादीको नयाँ लडाइँका लागि जनताको साथ आवश्यक रहेको बताए।

यस अवसरमा उनले माओवादी केन्द्रलाई बलियो बनाउन जनताको विश्वास र साथको लागि आह्वान गरे।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्