Skip to content
Janadisha Logo
२० फाल्गुन २०८२, बुधबार

मन्त्री पुनका तीन निर्णायक कदम सार्वजनिक

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार सम्हालेको भोलिपल्टै तीन वटा कदम सार्वजनिक गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित साना तर महत्त्वपूर्ण पहलहरू अघि सारेका हुन्।

मन्त्री पुनका अनुसार नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा अनिवार्य रूपमा कम्प्युटर शिक्षकको दरबन्दी कायम गरिनेछ। साथै, विश्वविद्यालयहरूले परीक्षाफल निकाल्न वर्षौँ ढिलाइ गर्ने प्रचलन अन्त्य गर्दै अब बढीमा तीन महिनाभित्रै नतिजा प्रकाशन गर्नुपर्ने व्यवस्था लागु हुनेछ। “समयमै नतिजा ननिकाले अनुदान रोक्का गरिनेछ,” उनले चेतावनी दिए।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरको सफाइ, झाडी फाँड्ने, बगैँचा निर्माण गर्ने र फुटपाथ व्यवस्थापन गर्ने कार्य पनि तत्काल सुरु गर्ने घोषणा गरिएको छ।

पुनले भने, “१२ कक्षाको पाँच लाख विद्यार्थीको नतिजा राष्ट्रिय परीक्षा बोर्डले तीन महिनामै निकाल्छ भने विश्वविद्यालयहरूले वर्षौँ लगाउनु अस्वीकार्य छ। सुधार नगरी अवैधता चल्दैन।”

उनले अघि सारेका यी कदमहरूले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिने र विद्यालय तथा विश्वविद्यालय दुवैको गुणस्तर उकास्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्