Skip to content
Janadisha Logo
२८ फाल्गुन २०८२, बिहीबार

नेपाली राजनीतिमा हलचल! भीम रावल नेकपा प्रवेशको अन्तिम तयारीमा

भिजिटर संख्या लोड हुदैछ...

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल र भीम रावललगायतको छलफलमा एक साता भित्रै एकता गर्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जनदिशालाई जानकारी दिएका छन् ।

मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका नेता भीम रावल नेपाली कम्युनिस्ट पार्टीसँग संवादमा जोडिएका थिए ।

आइतबार उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसँग छलफल गरेका हुन्।

हात्तीवनमा भएको छलफलमा रावलले एकताका लागि राष्ट्रिय स्वाधिनता मुख्य विषय हुने बताएका थिए। छलफलमा सहभागी एक नेताका अनुसार रावल एकहप्ता भित्रै नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध हुनेछन् ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्