पोखरा।स्याङ्जा निर्वाचन क्षेत्र नं. १ मा यसपटक राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ।
विगतमा कहिले माओवादीको सहयोगमा एमालेले जित हासिल गरेको त कहिले माओवादीकै समर्थनमा कांग्रेस विजयी भएको यो क्षेत्रमा यसपटक नयाँ राजनीतिक धार निर्माण हुने सम्भावना बढेको छ।
नेपालको परिवर्तनको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका, संघर्षका क्रममा घाइते भएका शैलेन्द्र घिमिरेलाई यसपटक निर्णायक रूपमा अघि सारिएको छ। राजनीतिक वृत्तमा एमाले र कांग्रेस दुवैले विगतमा घिमिरेले पुर्याएको सहयोगको ‘गुन तिर्नुपर्ने’ बहस पनि सुरु भएको छ।
घिमिरे पक्षधरहरूले उनलाई जनताको आन्दोलनबाट उदाएका प्रतिनिधि र परिवर्तनका प्रतीकका रूपमा चित्रण गर्दै आएका छन्। उनीहरूका अनुसार स्याङ्जा–१ मा अब पुराना दलहरूभन्दा परिवर्तनकारी शक्तिलाई अवसर दिनुपर्ने जनमत बलियो हुँदै गएको छ।
यसैबीच, स्थानीय स्तरमा तारा चिन्हमा मतदान गरी शैलेन्द्र घिमिरेलाई विजयी गराउन अपिल गर्ने अभियान पनि तीव्र बन्दै गएको छ। आगामी निर्वाचनमा स्याङ्जा–१ को परिणामले जिल्लाको मात्र नभई राष्ट्रिय राजनीतिमा समेत नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।
