Skip to content
Janadisha Logo
१३ जेष्ठ २०८३, बुधबार

इरानसँग शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति पाकिस्तान जाँदै

भिजिटर संख्या लोड हुदैछ...

वाशिङ्टन । संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भेन्स इरानसँग हुने शान्ति वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्न पाकिस्तान प्रस्थान गरेका छन्।
उनको ‘एयर फोर्स टू’ विमान पूर्वनिर्धारित कार्यक्रमअनुसार पेरिस मा इन्धन भर्न केही समयका लागि अवतरण गरेको थियो।
प्रस्थानअघि पत्रकारहरूसँग कुरा गर्दै उपराष्ट्रपति भेन्सले इरान वार्ताका लागि सकारात्मक रूपमा अघि आएमा अमेरिका पनि खुला मनका साथ अगाडि बढ्न तयार रहेको बताए। तर उनले चेतावनी दिँदै इरानले छल गर्ने प्रयास गरे त्यसको कडा जवाफ दिइने उल्लेख गरे।
उनका अनुसार डोनाल्ड ट्रम्प ले अमेरिकी वार्ता टोलीलाई स्पष्ट निर्देशन दिएका छन्।
यस प्रतिनिधिमण्डलमा ट्रम्पका ज्वाइँ ज्यारेड कुशनर तथा अमेरिकी विशेष दूत स्टिभ विटकफ समेत सहभागी छन्।
उनीहरू यसअघि इजरायल–गाजा युद्ध अन्त्यका लागि भएको युद्धविराम वार्ता तथा रूस–युक्रेन युद्ध रोक्ने प्रयासमा पनि अमेरिकी पक्षबाट वार्तामा सहभागी भइसकेका थिए।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्