Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

भिजिटर संख्या लोड हुदैछ...

आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि २० रुपैयाले बढेको छ । शुक्रबार प्रतितोला १३ सय ९० रूपैयाँमा किनबेच भइरहेको चाँदी आज १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएकाले नेपालमा पनि त्यसको परेको हो । केहीदिन यता सुनकाे मूल्य बढ्न थालेकाे छ ।
स्रोत : सिम्रिक आवाज
भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्