Skip to content
Janadisha Logo
३० आश्विन २०८३, शुक्रबार

गोरखाबाट काठमाडौँ छुटेको बस बेपत्ता, खोजी कार्य जारी

भिजिटर संख्या लोड हुदैछ...

गोरखा,१३ असोज।  गोरखाको लापुबेसीबाट काठमाडौँका लागि छुटेको ना४ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको छ। बिहान छुटेको उक्त बस राति १० बजेसम्म खानिखोला क्षेत्रमा पुगेको थियो। त्यसपछि भने बस र यात्रुहरूको कुनै अत्तोपत्तो छैन।
दरौँदी यातायात प्रालिका सञ्चालक नारायण खत्रीले बस र यात्रुहरूको खोजी कार्य जारी रहेको बताएका छन्। प्रहरी प्रशासनलाई समेत खबर गरिएको छ र उनीहरूले खोजी कार्यलाई तीव्रता दिएका छन्।
खत्रीले भने, “हामीले सक्दो प्रयास गरिरहेका छौँ। यात्रुहरूको परिवारजन निकै चिन्तित छन्। हामी छिट्टै नै उनीहरूलाई सुरक्षित रूपमा फेला पार्ने आशामा छौँ।”
प्रत्यक्षदर्शीहरूका अनुसार, पछिल्लो समय भएको अविरल वर्षाका कारण सडकहरू अवरुद्ध भएका छन्  छन्।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्