Skip to content
Janadisha Logo
४ आश्विन २०८३, आईतवार

रवि लामिछानेविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर

भिजिटर संख्या लोड हुदैछ...

पोखरा, पुस ७ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित अन्य केही व्यक्तिविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको छ। कास्की जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लामिछानेसहित रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइलाई प्रतिवादी बनाइएको छ। उनीहरूमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार लामिछानेसँग २७ करोड ८९ लाख, खनालसँग १४ करोड ३० लाख, जोशीसँग ७४ करोड ३४ लाख र पछाइसँग २४ करोड ६७ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्