Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लिला पछाई पक्राउ

भिजिटर संख्या लोड हुदैछ...

पोखरा,१५ असोज।  पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा थप एक जना पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीको रकम हिनामिना गरेको आरोपमा लिला पछाईलाई पक्राउ गरेको हो।
पक्राउ परेकी पछाईले सहकारीको ३ करोड रुपैयाँ भन्दा बढी रकम गितेन्द्र बाबु राईसँग मिलेमतो गरी आफ्नो बैंक खातामा जम्मा गरी चल अचल सम्पत्ति खरिद गरेको र शेयर कारोबारमा लगानी गरेको प्रहरीको दाबी छ।
पछाईलाई प्रहरीले २०८१ जेठ १४ गते पक्राउ गरी चार दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। यसअघि पनि यसै प्रकरणमा अन्य धेरै व्यक्तिहरू पक्राउ परिसकेका छन्।
पोखराको सूर्यदर्शन सहकारी संस्थामा ठूलो मात्रामा रकम हिनामिना भएको भन्दै पीडितहरूले उजुरी दिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा अझै धेरै व्यक्तिहरू संलग्न रहेको हुन सक्ने अनुमान गरिएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्