Skip to content
Janadisha Logo
१५ भाद्र २०८३, सोमबार

सुकौरा खोलामा बगेर निधन भएकी बालकुमारीको परिवारलाई राहत

भिजिटर संख्या लोड हुदैछ...

गोरखा,१८असोज। सहिद लखन गाउँपालिका वडा नं ६ घैरुङ अधेरीकी ७० वर्षीया बालकुमारी श्रेष्ठको असमायिक निधन भएपछि जिल्ला प्रशासन कार्यालयले राहत प्रदान गरेको छ।
गत असोज १२ गते बुंकोट स्वास्थ्य चौकीबाट फर्कने क्रममा सुकौरा खोलाले बगाएर बालकुमारीको निधन भएको थियो। उहाँ सहिद लखन गाउँपालिका वडा नं ६ घैरुङ अधेरीका राम कुमार श्रेष्ठकी श्रीमती हुनुहुन्थ्यो।
आज असोज १८ गते प्रमुख जिल्ला अधिकारी भोला दाहाल मृतकको घरमा पुगेर जिल्ला विपद् राहत कोषबाट रु.२ लाख (संघीय सरकारबाट) र रु.५० हजार (प्रदेश सरकारबाट) गरी जम्मा रु.२ लाख ५० हजार नगद बालकुमारीकी छोरी एलिना श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्